बाराको निजगढमा बाघको आतंक – Nepalboli

बाराको निजगढमा बाघको आतंक

   २०८० माघ ४, बिहीबार  

बाराको निजगढ नगरपालिकामा बाघले आतंक मच्चाएको छ । नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का बासिन्दाको गोठका वस्तु बाख्रा नै बाघले मारेको भन्दै स्थानीयबासिन्दाले सहयोगमा अपिल गरेका छन् ।

पाटेबाघले गएराति मात्रै जयबहादुर सिंह र सुमन जिम्बाका बाख्रा, सुकबहादुर थिङ्गको गोरु, दूध कान्छाका २ वटा गाई र श्याम बन्जाङको २ वटा पाडा मारेको स्थानीयबासिन्दाले बताएका छन् ।

समयमा नै बाघ नियन्त्रणामा निलए गाउँका बासिन्दा र केटाकेटीको जीवन नै जोखिममा पर्ने खतरा रहेको जयबहादुरले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै