तराई मधेसमा चिसो बढेपछि धमाधम विद्यालय बन्द गरिँदै – Nepalboli

तराई मधेसमा चिसो बढेपछि धमाधम विद्यालय बन्द गरिँदै

   २०८० माघ ३, बुधबार  

तराई मधेसमा हुस्सु र शीतलहरका कारण चिसो बढेपछि शैक्षिक संस्था बन्द गर्न थालिएको छ । चिसोबाट बालबालिकालाई जोगाउन स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । चिसो बढेपछि विराटनगर महानगरपालिका, इटहरी उपमहा नगरपालिकाले शैक्षिक सस्था बन्द गर्ने निर्णय गरेका छन् ।

यस्तै मोरङ, सुनसरी र झापाका अन्य पालिकाले पनि बर्खे विदाबाट कट्टा हुने गरि शैक्षिक सस्था बन्द गराएका छन् । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेको छ ।

अत्यधिक चिसो हुन थालेपछि विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै विदा दिने निर्णय गर्नु परेको महानगरपालिकाले जनाएको छ । तराई मधेसमा पछिल्लो समय तापक्रम निरन्तर ओरालो लाग्ने क्रममा छ । इटहरी उप महानगरपालिकाले पनि आजबाट तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै