ईपीएस भाषा परीक्षाको मिति सर्‍यो – Nepalboli

ईपीएस भाषा परीक्षाको मिति सर्‍यो

   २०८० माघ २, मंगलवार  

रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा हुने गरी परीक्षा सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

‘प्राविधिक समस्याका कारण केही ईमेलमा समस्या आएकोले केही समय सारिएको हो । अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफाई गर्न समय लाग्ने भएकाले समय सारिएको हो, उनले भने ।

कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै