इसराइल-हमास युद्धको सय दिन पुग्यो, गजामा मारिए साढे २३ हजार प्यालेस्टिनियन – Nepalboli

इसराइल-हमास युद्धको सय दिन पुग्यो, गजामा मारिए साढे २३ हजार प्यालेस्टिनियन

   २०८० माघ १, सोमबार  

इसराइल-हमास युद्धको सय दिन पूरा भएको छ। अक्टोबर-७ मा हमासले इसराइलमा अकास्मात आक्रमण गर्दा त्यहाँ १० जना नेपालीसहित १२ हजार मानिस मारिएका थिए। त्यसपछि इसराइलले हमासविरूद्ध युद्धको घोषणा गरी गजामा लगातार आक्रमण गर्दै आइरहेको छ। इसराइली आक्रमणबाट निर्दोष नागरिकहरू मारिन थालेपछि अन्तर्राष्ट्रिय दबाव बढ्दै जाँदा नोभेम्बर अन्तिममा युद्धको ४८ दिनपछि इसराइलले गजामा युद्धविराम गरेको थियो।

एक साताको युद्धविराममा हमासले इसराइलबाट बन्दी बनाएर लगेका नेपालका विपिन जोशीसहित २३९ जनामध्ये १३६ जनालाई बन्धकमुक्त गरेको थियो। त्यतिबेला इसराइली जेलबाट सयौंको संख्यामा प्यालेस्टिनियन नागरिकहरू मुक्त भएका थिए।

पछि हमासले सहमति विपरीत युद्धविरामको समयमा इसराइलमा आक्रमण गरेको भन्दै युद्धविराम भंग भएपछि इसराइले अझै सशक्त ढंगले गजामाथि आक्रमण विस्तार गरेको थियो। हमासले बन्धक बनाएको एक सयभन्दा बढी व्यक्तिहरूलाई मुक्त नगरेसम्म र गजाबाट हमास लडाकुलाई सखाप नपारेसम्म गजामा आक्रमण नरोकिने इसराइलले बताउँदै आएको छ।

सय दिनको अवधिमा गजामा २३ हजार ८४३ मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै ६० हजार घाइते लाखौं विस्थापित भएका छन्। अल जजिराका अनुसार इसराइलले गजा आक्रमणमा ५४ बिलियन अमेरिकी डलर खर्च गरेको उल्लेख गरेको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै