मधेस र लुम्बिनी प्रदेशबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनका उम्मेदवारलाई जनमतको समर्थन – Nepalboli

मधेस र लुम्बिनी प्रदेशबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनका उम्मेदवारलाई जनमतको समर्थन

   २०८० माघ १, सोमबार  

जनमत पार्टीले आफूले उठाएको उम्मेदवारहरू बाहेकका ठाउँमा सत्ता गठबन्धनलाई समर्थन रहेको जनाएको छ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आज एक अपिल जारी गर्दै मधेस प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई मतदान गर्न आग्रह गरेका छन् ।

त्यसबाहेक अन्य ठाउँमा माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनका उम्मेदवारहरूलाई पार्टीको समर्थन रहने उनले जानकारी दिए । तर उम्मेदवार उठाएका बाहेकका क्षेत्रमा जनमतको मतदाता छैन ।

सत्ता गठबन्धनमा रहेका जनमत पार्टीका अध्यक्ष राउतलाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्यका लागि दिन लगाएको उम्मेदवारी फिर्ता लिन पटक पटक आग्रह गरेका थिए । तर अध्यक्ष राउतले सो आग्रहलाई अस्वीकार गरेका छन् ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै