सत्ता गठबन्धनका शिर्ष नेताहरुद्धारा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिन अपिल – Nepalboli

सत्ता गठबन्धनका शिर्ष नेताहरुद्धारा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिन अपिल

   २०८० पुष २९, आईतवार  

बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन सामुहिक अपिल जारी गरेका छन । अपिलमा प्रधानमन्त्री प्रचण्ड, काग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी एकिकृतका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उज्मुक्ति पार्टीको तर्फवाट रन्ज्तिा श्रेष्ठ, लोसपाका तर्फवाट अध्यक्ष महन्थ ठाकुर र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गरेका छन । सतासमिकरणमा रहेको जनमत पार्टी भन्ने राष्ट्रिय सभा निर्वाचनमा साथै देखिएको छैन । उक्त पार्टीले मधेश प्रदेश र लुम्बिनीमा छुटै उम्मेदवारी दिएका छन ।

अपिलमा गठबन्धनका १९ ओटै उम्मेदवारलाई मत दिन सबै मतदातामा अपिल गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत छलफल भएको जानकारी दिएका छन।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै