जसपा केन्द्रीय समितिको बैठक आज – Nepalboli

जसपा केन्द्रीय समितिको बैठक आज

   २०८० पुष २७, शुक्रबार  

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक शुक्रबार बसीहेको छ । ललितपुरको ज्यापु प्रज्ञा भवनमा बैठक बिहान ११ बजे देखि सुुरु भएको जसपाका केन्द्रीय प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

आजको बैठकमा राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुने उनले बताए। यसका अतिरिक्त राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि पनि छलफल हुने उनको भनाइ छ।

राजनीतिक समितिले पार्टीको प्रथम महाधिवेशन आगामी जेठ को २८ देखि ३० गतेसम्म धनुषामा गर्ने प्रस्ताव गरेको छ। केन्द्रीय समितिको बैठकले यसबारे निर्णय गर्ने बस्नेतले बताए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै