माघ ५ गते प्रधानमन्त्री प्रचण्ड युगाण्डा जानुहुने – Nepalboli

माघ ५ गते प्रधानमन्त्री प्रचण्ड युगाण्डा जानुहुने

   २०८० पुष २५, बुधबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते युगाण्डा जानुहुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले यसबारेमा जानकारी गराउनुभएको हो ।

प्रवक्ता शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले युगाण्डाको राजधानी कम्पालामा माघ ५-६ मा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिनुहुनेछ । सो अघि ३-४ मा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र माघ १-२ मा हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै