गठन आदेशमार्फत् सहकारी संस्थाको नियमन गर्ने निकाय गठन हुने – Nepalboli

गठन आदेशमार्फत् सहकारी संस्थाको नियमन गर्ने निकाय गठन हुने

   २०८० पुष २५, बुधबार  

सरकारले गठन आदेशमार्फत् सहकारी क्षेत्रको नियमन गर्ने नियामक निकाय गठन गर्ने भएको छ । वित्तीय कारोबार गर्ने देशभरका सहकारी संस्थामा समस्या आएपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउतको नेतृत्वमा सहकारी समस्या समाधान सुझाव कार्यदल गठन गरेको थियो ।

बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको सरोकारवालाको छलफलले सहकारी क्षेत्रको नियमन गर्ने दोस्रो तहको नियामक निकाय गठन आदेश मार्फत् गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ। कार्यदलले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन गर्न छुट्टै विशिष्टीकृत नियामक निकाय गठन गर्नुपर्ने सिफारिस गर्दै त्यसको मोडालिटी समेत प्रस्ताव गरेको थियो। दोस्रो तहको नियामक निकाय गठनको लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय आवश्यक गृहकार्य समेत गरिरहेको बताइएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै