राष्ट्रिय सभा सदस्य निर्वाचनमा समन्वय गर्न गठबन्धनद्वारा समिति गठन – Nepalboli

राष्ट्रिय सभा सदस्य निर्वाचनमा समन्वय गर्न गठबन्धनद्वारा समिति गठन

   २०८० पुष २५, बुधबार  

राष्ट्रिय सभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ। मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सम्मिलत समन्वय समिति गठन गरेको हो।

समितिले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई विजयी गराउन समन्वय गर्ने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

उनका अनुसार समितिको पहिलो बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै