सुदूरपश्चिम प्रदेश सभा – विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया सुरु – Nepalboli

सुदूरपश्चिम प्रदेश सभा – विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया सुरु

   २०८० पुष २४, मंगलवार  

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको निर्वाचन प्रक्रिया आज (मंगलबार) देखि सुरु भएको छ। सभामुख भीमबहादुर भण्डारीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार १० बजेदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो।

निर्वाचन पक्रियाअन्तर्गत सुरुमा मतदाता नामावली प्रकाशन गर्ने र १ बजेदेखि ५ बजेसम्म सभापति चयन गरियोस भन्ने प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेको छ। मंगलबार सर्वसम्मत रुपमा समितिका सभापतिहरु चयन नभए बुधबार मतदान हुने कार्यतालिका छ। सभापति चयनका लागि विषयगत समितिको कार्यकक्षमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभा गठन भएको झण्डै १ वर्षपछि विषयगत समितिलाई नेतृत्व दिने तयारी छ।

सत्ता गठबन्धनबीच विषयगत समितिबारे सहमति भएको छ। सोमबार राति मुख्यमन्त्रीसहित बसेका सत्ता गठबन्धनका नेताहरूले विषयगत समितिको भागबन्डा टंग्याएका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै