राष्ट्रिय युवा प्रतिभा सम्मानको लागि सरकारले माग्यो आवेदन – Nepalboli

राष्ट्रिय युवा प्रतिभा सम्मानको लागि सरकारले माग्यो आवेदन

   २०८० पुष २३, सोमबार  

युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ मा प्रदान गरिने राष्ट्रिय युवा प्रतिभा सम्मानको लागि आवेदन माग गरेको छ । विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका योग्य नेपाली युवा, युवा समूह तथा युवा संघसंस्थाहरुले पुरस्कारका लागि आवेदन दिन सक्नेछन् ।

मन्त्रालयले आज जारी गरेको सूचना अनुसार राष्ट्रिय युवा प्रतिभा सम्भमान कार्यविधि, २०७२ संशोधनसहित अनुसारको विवरण र सोलाई पुष्टि गर्ने कागजातहरु संलग्न गरी पुरस्कारका लागि आवेदन दिन सकिनेछ ।

पुरस्कारका लागि सम्बन्धित व्यक्ति, समूह वा संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिदेखि ३० दिन भित्र मन्त्रालयमा दर्ता गराउनु पर्नेछ । थप जानकारीका लागि मन्त्रालयको वेबसाइटमा राखिएको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि, २०७२ संशोधनसहित हेर्न पनि सूचनामा आग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै