मधेशी एकता समाजको संगठन संयुक्त अरब इमिरेट्समा विस्तार
नेपालका प्रवासी मधेशीहरुको छाता संस्था मधेशी एकता समाजको संगठन संयुक्त अरब इमिरेट्स मा विस्तार भएको छ । धर्मेन्द्र गोहिवर यादव को नेतृत्वमा नवगठित शाखाको सह अध्यक्ष मा राम अयोध्या साह, वरिष्ठ उपाध्यक्षमा डा मितुशी मित्तल झा, अनामिका साह, शैलेन्द्र यादव, महासचिव मा रोशन देव, सह सचिव मा राम पुकार यादव, कोषाध्यक्ष मा धर्मेन्द्र मण्डल, सांस्कृतिक संयोजक भोला पासवान, मिडिया संयोजक मा ललित राय संजीव नायक, लाई चयन गरिएको छ ।
गोहिवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेर मधेशी एकता समाज, यू ए ई को तृतीय कार्यसमिति विस्तार भई, शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।
आईतवार , जनवरी ७, दुबई को जवील पार्क मा एकता समाजका संस्थापक संयोजक डाक्टर रविन्द्र कुमार यादवको विशेष आतिथ्य र निवर्तमान अध्यक्ष कृष्णा ठाकुर को सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष वैज्ञानिक मुकेश झा, समाज को नेपाल इकाई का संयोजक डा बॉब्बि सिंह, समाजसेवी फैजल हुसैन , लाल बाबु सिंह, अनिल साह, कविन्द्र यादव, दीपक यादव, गैर आवासीय नेपाली संघ, यु ए ई का महासचिव भुवन वागले लगायत विभिन्न समाजसेवी, बुद्धिजीवि र पत्रकारहरुको उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर यादवले मधेशी एकता समाजले संसारभरि फैलिएका मधेशी प्रवासीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर मधेशको सांकृतिक पहिचान जोगाउन र मधेशमा रहेका कुरीति अन्धविश्वासविरुद्ध लड्न काम गरिरहेको विचार व्यक्त गर्नुभयो ।
यस्तै मधेशमा शिक्षाको स्तरमा उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई शिपमूलक तालिम दिई विप्रेषणको गुणवत्ता कायम गर्नेजस्ता कार्यमा एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको डा। यादवले बताउनुभयो । यस अतिरिक्त, श्रमिकहरुलाई परदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्नेजस्ता कार्यमा समेत संस्था क्रियाशील रहेको यादवको भनाइ थियो ।
त्यस अवसरमा कार्यक्रममा उपस्थित सहभागी तथा वक्ताहरुले नयाँ वर्ष २०२४ को अवसरमा शुभकामना अदान प्रदान समेत गरेका थिए ।
युएई सरकारबाट गोल्डेन भिसा पाउनुभएका पहिलो नेपाली तथा वरिष्ठ चिकित्सक डाक्टर रविन्द्र कुमार यादव, युएईमा भूउपग्रह क्षेत्रमा कार्यरत वैज्ञानिक मुकेश झा, व्यवस्थापक तनवीर आलम, भारतमा कार्यरत दिपेन्द्र चौबे, सुजित ठाकुर अस्ट्रेलियामा कार्यरत इन्जिनियर रमेश सिंह, बेलायतमा कार्यरत प्रसिद्ध चित्रकार गोविन्द साह आजाद र नेपालमा सामाजिक क्षेत्रमा कार्यरत डा बब्बी सिंहको प्रयासले सन् २०२१ मा युएईबाट मधेशी एकता समाजको शुरुवात भएको थियो ।
साथै मधेशी एकता समाज ले मार्च १७ तारीख मा दुबई मा होली को पर्व सांस्कृतिक कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ ।