सांसदहरूको सुझाव १६ औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिको निर्देशन – Nepalboli

सांसदहरूको सुझाव १६ औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिको निर्देशन

   २०८० पुष २२, आईतवार  

सांसदहरुले दिएका सुझाव आगामी १६ औं पञ्चवर्षीय योजनामा समेट्न अर्थ समितिले राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ । आईतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकपश्चात समिति सभापति सन्तोष चालिसेले योजना आयोगलाई यस्तो निर्देशन दिएका हुन् । उनले राष्ट्रिय योजना आयोगले बनाउने हरेक योजना स्रोत सुनिश्चिताका आधारमा बनाउन आवश्यक रहेको बताए ।

उनले स्रोत सुनिश्चिता भएमात्रै योजना बनाउनुपर्ने उल्लेख गरे । उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउने भनिरहँदा ५ अर्बको चामल खरिद भइरहेको बताए । उनले मुलुक खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि उत्पादनलाई प्रोत्साहन गर्न आवश्यक रहेको भन्दै यस्तो विषयलाई १६ औं योजनामा समावेश गर्नुपर्ने बताए ।

उनले समितिमा सांसदहरुले दिएका सुझावलाई समावेश गरेर आगामी १६ औं योजना तर्जुमा गर्न निर्देशन दिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै