राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्न जसपाको बैठक
राष्ट्रिय सभाको उम्मेदवार टुगों लगाउन जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । सत्ता गठबन्धनमा राष्ट्रियसभाका लागि सिटको टुंगो लागेपछि सो पार्टीको उम्मेदवार चयन गर्न बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ ।
मधेश प्रदेशबाट सो पार्टीले एकजना महिला उम्मेदवार पाउने भएको छ । सत्ता गठबन्धनको बैठकमा भएको सीट बाँडफाँटबाट जसपाले एक सीट मात्र पाउने भएको हो । खाली भएको महिला सिट उसले पाउने भएको हो ।