मानव बेचविखन तथा ओसार पसार मुद्दामा ३ जना पक्राउ – Nepalboli

मानव बेचविखन तथा ओसार पसार मुद्दामा ३ जना पक्राउ

   २०८० पुष २१, शनिबार  

कास्की प्रहरीले मानव बेचविखन तथा ओसार पसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा पोखरा–९ पृथ्वी चोक बस्ने २९ वर्षीय प्रविन गुरुङ, पर्वत घर भइ हाल काठमाडौंको शंखमुल बस्ने २३ वर्षीय निर्मल मल्ल र पोखरा–१७ विरौटा बस्ने २६ वर्षीय राजेश ठकुरी रहेका छन्।

पोखरा महानगरपालिका–८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकले बालिका तथा महिलाहरुलाई होटलमा राम्रो काम लगाइदिन्छु भनी ल्याएर सुरुमा होटलको सरसफाइको काम लगाएका थिए। तर केही समयपछि राम्रो कमाइ हुन्छ भन्दै विभिन्न प्रलोभन दिएर परपुरुषहरुसँग भेट गराउँदै पोखराका विभिन्न होटलहरुमा लगि यौनशोषण गराउँदै आएको पाइएको प्रहरीले बताएको छ।

प्रलोभन दिएर महिलाहरुलाई यौन शोषणमा लगाउने गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले १९ गते राति १० बजे सोही खाजाघरबाट महिलाहरुलाई बाहिर लैजान लागेको अवस्थामा एक जना बालिका र दुई महिलालाई उद्धार गरेको थियो।

उनीहरुलाई मानव बेचविखन तथा ओसार पसारसम्बन्धी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै