पोखरामा ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी २०८०’ सुरु
शुक्रबारदेखि कास्कीको पोखरामा ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नारा सहित ‘प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी गण्डकी, पोखरा-२०८०’ सुरु भएको छ।
उक्त प्रदर्शनी आजदेखि पुस २२ गतेसम्म बिहान १०ः०० बजेदेखि साँझ ०५ः ०० बजेसम्म कास्कीको पोखरास्थित नयाँबजारमा रहेको पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन रहेको छ।
प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरुका ७० भन्दा बढी व्यावसायिक तथा सेवामूलक स्टलहरु रहेको छ।