श्रम मन्त्रालय र भौतिक मन्त्रीमाथि छानबिन गर्न राज्य व्यवस्था समितिको निर्देशन
राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको बैठकले गत शुक्रबार बालकुमारीमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएको हो।
श्रम तथा रोजगार मन्त्रालय र भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानबिन गर्न समितिका सभापति रामहरि खतिवडाले निर्देशन दिएका थिए।
गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा दुई जनाको मृत्यु समेत भएको थियो।
यस्तै मृतक परिवारलाई थप राहत उपलब्ध गराउन पनि समितिले निर्देशन दिएको छ। त्यसैगरी मृतक परिवारका सदस्यलाई रोजगारी दिलाउन पनि समितिले निर्देशन दिएको हो।