‘धोती दिवस’ मनाउनेहरुमाथि प्रहरीको हस्तक्षेप, सिके राउतसहितका नेता कार्यकर्ता पक्राउ – Nepalboli

‘धोती दिवस’ मनाउनेहरुमाथि प्रहरीको हस्तक्षेप, सिके राउतसहितका नेता कार्यकर्ता पक्राउ

   २०८० पुष १६, सोमबार  

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएकाहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ । आज बिहान मधेशी समुदायका केही व्यक्तिहरु सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेको थियो । सो क्रममा प्रहरीसँग उनीहरुको धकेलाधकेल भएको छ ।

सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलुस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

त्यही क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका केहि नेताहरु पक्राउ परेका छन् ।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै