‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको कर्मचारीहरुलाई निर्देशन – Nepalboli

‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको कर्मचारीहरुलाई निर्देशन

   २०८० पुष १५, आईतवार  

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन्।आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै मन्त्री किराँतीले ग्राउण्ड ह्याण्डलिङको विषयमा कर्मचारीहरुले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषय सरकारको निर्णयको कुरा भएको भन्दै कर्मचारीहरुले अनावश्यक कोकोहोला गर्नु आवश्यक नभएको बताए।

ग्राउण्ड ह्याण्डलिङको कुरा प्रधानमन्त्री र देशका ठूला राजनीतिक दलहरुको सरोकारको विषय भएको भन्दै कर्मचारीलाई यस विषयमा नबोल्न उनले निर्देशन दिएका हुन्। उनले देशलाई वायुसेवा निमग चाहिने र त्यसलाई बचाउनका लागि ग्राउण्ड ह्याण्डलिङ पनि चाहिने स्पष्ट पारे। कर्मचारीले यस विषय उठाएमा नीति र नेतृत्वमाथिको हस्तक्षेप हुने उल्लेख गर्दै मन्त्री किराँतीले कुरा उठाएमा राम्रो नहुने चेतावनीसमेत दिनुभयो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै