कांग्रेस केन्द्रिय समिति बैठकमा बिहिवार १६ केन्द्रीय सदस्यले बोले, भोलि मन्त्रीहरूको रिपोर्टिङ – Nepalboli

कांग्रेस केन्द्रिय समिति बैठकमा बिहिवार १६ केन्द्रीय सदस्यले बोले, भोलि मन्त्रीहरूको रिपोर्टिङ

   २०८० पुष १२, बिहीबार  

नेपाल कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारदेखि सुरु बैठकमा १६ जना नेताहरूले बोलेका छन्।सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवनमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू राखेका थिए।

बैठकमा समुदायमा कांग्रेस अभियानको कार्ययोजनाबारे अर्का महामन्त्री गगनकुमार थापाले जानकारी गराए। जाजरकोट भूकम्पबारे सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

आजको बैठकमा १६ जना केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखेको पौडेलले जानकारी दिए।

शुक्रबार फेरि बस्ने बैठकमा सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति प्रतिवेदन बैठकमा पेश गर्ने भएका छन्। बैठक शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा फेरि बस्ने मुख्यसचिव पौडेलले जानकारी दिए।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै