अमेरिका पठाइदिने भन्दै २६ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ – Nepalboli

अमेरिका पठाइदिने भन्दै २६ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

   २०८० पुष ११, बुधबार  

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ३ बस्ने वर्ष ५९ को भैरव बहादुर ठकुरी रहेका छन्।

ठकुरीले कृतेश खरेल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति १३ लाख रुपैँया लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाईदिन्छु, मासिक ३ लाख रुपैँया तलव हुन्छ भनी २६ लाख रुपैँया रकम लिई सम्पर्क विहीन भएका प्रहरीले जनाएको छ।

काठमाणडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ठकुरीको खोजतलास गर्ने क्रममा मंगलबार बूढानीलकण्ठ –४ पासीकोटबाट पक्राउ गरेको हो।

उनीविरुद्ध थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै