पूर्वडीआईजी तथा साहित्यकार महेशबिक्रम शाह भ्रष्टाचारी ठहर – Nepalboli

पूर्वडीआईजी तथा साहित्यकार महेशबिक्रम शाह भ्रष्टाचारी ठहर

   २०८० पुष ११, बुधबार  

विशेष अदालतले अवकाशप्राप्त डीआईजी तथा साहित्यकार महेशबिक्रम शाह लगायत दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । विशेष अदालतले शाह र पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।

उनीहरुलाई तीन वर्षभन्दा माथि कैद सजाय हुने निश्चित भएको छ । तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार आगामी २५ पुसमा पेशी तोकिएको छ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै