चन्द्रप्रसाद ढकाल नेफ्स्कूनको अध्यक्षमा निर्वाचित – Nepalboli

चन्द्रप्रसाद ढकाल नेफ्स्कूनको अध्यक्षमा निर्वाचित

   २०८० पुष ९, सोमबार  

देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले एक हजार एक सय ९६ मत प्राप्त गरेर विजयी भएका हुन्।

निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरेका छन्। नबनिर्वाचित अध्यक्ष ढकाल लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत छन्। वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी , महासचिवमा घनश्याम अधिकारी कोषाध्यक्षमा दिपक थापा निर्वाचित भएका छन्।

सञ्चालक महिलामा सीता ढकाल पौडेल, मन्दरा मिश्र, कमलादेवी गिरी, लक्ष्मी सापकोटा (कोशी प्रदेश), शोभाकुमारी राउत (मधेस प्रदेश), खेमराज सुवेदी (बागमती प्रदेश), गोपालप्रसाद गौतम (गण्डकी प्रदेश),ज्ञानु पौड्याल (लुम्बिनी प्रदेश), वीरबहादुर राउत भोट (कर्णाली प्रदेश), दिप्ती शाही (सुदूरपश्चिम प्रदेश) निर्वाचित भएका छन्।

यसैगरी, सञ्चालक खुलामा देवकुमार श्रेष्ठ, सुशीलकुमार बस्न्यात, शालिकराम ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्रराज ज्योती पौडेल, सदस्यद्वयमा हेमराज विष्ट र दुर्गा तिवारी सञ्जेल निर्वाचित भएका छन्। गए राति सम्पन्न मतदानमा कूल दुई हजार छ सय ३३ मतदातामध्ये दुई हजार दुई सय मतदाताले मतदान गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै