पठाओ र इनड्राइभमा ‘अफलाइन राइड’ गराएको आरोपमा ४८ जना पक्राउ – Nepalboli

पठाओ र इनड्राइभमा ‘अफलाइन राइड’ गराएको आरोपमा ४८ जना पक्राउ

   २०८० पुष ८, आईतवार  

अनलाइन ड्राइभिङ सेवा पठाओ र इनड्राइभ अफलाइन चलाएको आरोपमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ४८ जनालाई पक्राउ गरेको हो । अफलाइन चलाएको आरोपमा ७५ वटा मोटरसाइकल समेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पुस ७ गते काठमाडौं विभिन्न स्थानहरुबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विगतका केही आपराधिक घटनाहरुमा अफलाइन पठाओ तथा इनड्राइभ प्रयोग भएको पाइएकाले अफलाइन नचलाउन भन्दै प्रहरीले अनुरोध गरेको थियो। सुरक्षा संवेदनशीलताको दृष्टिबाट जोखिम सृजना हुने भएको कारणले अफलाइन पठाओ तथा इनड्राइभ प्रयोग नगर्न समेत सर्वसाधारणहरुलाई प्रहरीले अनुरोध गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै