भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाखका दरले बीमा रकम हस्तान्तरण – Nepalboli

भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाखका दरले बीमा रकम हस्तान्तरण

   २०८० पुष ४, बुधबार  

जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाखको दरले बीमा रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय बीमा कम्पनी र कर्णाली प्रदेश सरकारले संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । बीमा कम्पनी र प्रदेश सरकारबिच यस अघिनै प्रदेशका सबै नागरिकको प्राकृतिक प्रकोप बीमा गरिएको थियो । सोही अन्तर्गत भूकम्पमा ज्यान गुमाएकाहरूको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको विवरण र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पठाएको विवरणका आधारमा उक्त रकम हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यमा स्वयम कानुन मन्त्री कृष्णबहादुर जिसी नै सहभागी बनेका छन् ।

क्रमशः सबैलाई बीमा रकम वितरण गरिने बीमा कम्पनीले बताएको छ । त्यसका लागि कागजात मगाउने कार्य भइरहेको छ । मन्त्री जिसीले बीमा रकमले पीडित परिवारलाई ठुलो राहत भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै