सर्वोच्चको अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन – Nepalboli

सर्वोच्चको अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन

   २०८० पुष ४, बुधबार  

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो ।

न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका छ जना न्यायाधीश सिफारिस गरेको थियो । त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो ।

सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेललाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तका लागि सिफारिस भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै