उखुको मूल्य बढाउन सर्लाहीका किसानहरुको माग – Nepalboli

उखुको मूल्य बढाउन सर्लाहीका किसानहरुको माग

   २०८० पुष १, आईतवार  

सर्लाहीका किसानहरु उखुको उचित मूल्य वृद्धि गर्न माग गर्दै आन्दोलित बनेका छन् । गत वर्ष क्रसिङ भएको उखुको बाँकी भुक्तानी र यस वर्षको मूल्य निर्धारण नभएसम्म चिनी उद्योग सञ्चालन गर्न नदिने चेतावनीसहित नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति सर्लाही सहितका उखु किसानसँग सम्बन्धित ६ वटा संगठनले संयुक्त रुपमा सडक आन्दोलन अघि बढाएका हुन्।

उनीहरुले शनिबार सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगलाई केन्द्रीत गरेर पूर्वपश्चिम राजमार्गमा आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तर अघि बढाउने भन्दै उखुका लाँक्रासहित सडकमा उत्रिएका हुन् ।

किसानहरुले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ निर्धारण गर्न माग गर्दै कृषि र उद्योग मन्त्रालय र सम्बन्धित चिनी उद्योगहरुमा ज्ञापन पत्रसमेत बुझाइ सकेका छन्। साथै उनीहरुले चालु सिजनको लागि मूल्य निर्धारण नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने चेतावनीसमेत दिएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै