सिम्रौनगढ घटनाको विरोधमा पूर्व पश्चिम राजमार्ग बन्द – Nepalboli

सिम्रौनगढ घटनाको विरोधमा पूर्व पश्चिम राजमार्ग बन्द

   २०८० मंसिर ३०, शनिबार  

बाराको सिम्रौनगढ नगरपालिकामा एक युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गको निजगढ खण्ड बन्द गरिएको छ । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै हडतालका क्रममा बुधवार प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका १ का २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा शनिबार चक्का जाम गरिएको हो । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बिते पनि माग सम्बोधन नभएपछि पूर्व पश्चिम राजमार्गको निजगढमा टायर बालेर चक्काजाम गरिएको पार्टीले जनाएको छ।

शनिबार बिहानदेखि सुरु भएको राजमार्ग अवरुद्ध कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरी प्रसाद कलवारको पुत्ला दहन तथा राजीनामाको माग गरेका छन्। ।

सिम्रौनगढ नगरपालिकाका स्थायी कर्मचारीहरूले विगत ६ महिना देखिको र अस्थायी तथा ज्यालादारी कर्मचारीले १४ महिनादेखि तलब सुविधा पाएका छैनन् । लामो समयदेखि सुरु भएको आन्दोलनले गर्दा नगर अस्पताल बन्द छ भने सामुदायिक विद्यालयको पठनपाठन समेत ठप्प भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै