भक्तपुरबाट अवैध हतियार र लागुऔषधसहित २ जना पक्राउ – Nepalboli

भक्तपुरबाट अवैध हतियार र लागुऔषधसहित २ जना पक्राउ

   २०८० मंसिर २९, शुक्रबार  

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिन्चोकबाट अवैध हतियार र लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका–९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ का ३१ वर्षीय लेख बहादुर कार्की रहेका छन्।

नलिन्चोक एरियामा अवैध हतियार तथा लागुऔषधको ओसार–पसार तथा कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट विशेष टोली खटिएको थियो।

सिन्चुरी र कार्कीलाई शंका लागि सोधपुछ गर्ने क्रममा उनीहरुको साथबाट केएफ ७।६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जिन सहितको पेस्तोल थान–१, सोही पेस्तोलमा लाग्ने खाली म्याग्जिन थान–१ र लागुऔषध खैरौ हेरोइन जस्तो देखिने लेसिलो पदार्थ ५ ग्राम फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई लागु औषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत जगाती भक्तपुरमा पठाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै