नर्थ साउथ कलेक्टिव्सले मधेसमा बढ्दै गरेको जनसांख्यिकीय दबावको बारे अन्तक्रिया गर्दै – Nepalboli

नर्थ साउथ कलेक्टिव्सले मधेसमा बढ्दै गरेको जनसांख्यिकीय दबावको बारे अन्तक्रिया गर्दै

   २०८० मंसिर २६, मंगलवार  

नर्थ साउथ कलेक्टिव्सले गर्दै आएको मधेस विमर्शको शृंखलामा मधेसमा बढ्दै गरेको जनसांख्यिकीय दबावको माथी अन्तक्रिया गर्ने भएको छ । आउदो शुक्रवार हुने मधेस विमर्शको शृंखलामा जनसांख्यिकीय दबाव माथी छलफल हने जनाएको छ ।

छलफलमा वरिष्ठ राजनितीक विश्लेषक तथा विद्धान सिके लाल सहित शोधकर्ता तथा समाजिक अभियन्ता ईन्दु थारु र पत्रकार जनकराज सापकोटा विचार राख्ने छन । मधेश प्रदेशको राजधानी जनकपुरमा यो संस्थाले पछिल्लो केहि महिना यता मधेस विमर्शको शृंखलामा चलाउदै आएका छन ।

शृंखलामा सहभागीहरुले विचार राख्नेहरु संग अन्तकिया गर्ने छन । मधेशको समाजिक तथा राजनितीक बिषय विस्तुमा छलफल गर्दै आएका नर्थ साउथ कलेक्टिव्सले अन्य संघ संस्थाहरुलाई समेत बौद्धिक विमर्सहरुमा सहयोग गर्दै आएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै