सुरक्षित नभएको भन्दै औषधि व्यवस्था विभागले १० प्रकारका औषधिको उत्पादन रोक्यो
औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ । औषधि मुल्याकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको विभागले जनाएको छ ।
विभागले एक सुचना जारी गर्दे लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको छ ।
यस्तै, लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २।५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो ।
अनुगनम, मूल्याकन तथा कानुन कार्यावन्यन महाशाखाका प्रमुख पान बहादुर क्षेत्रीका अनुसार यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु हुन् ।
उनका अनुसार पहिले अनुमति दिइएको थियो, तर प्राविधिक मुल्यांकनका आधारमा तत्कालका लागि उत्पादनमा रोक लगाइएको हो ।