भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सिडिओको नेतृत्व – Nepalboli

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि सिडिओको नेतृत्व

   २०८० मंसिर १३, बुधबार  

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि प्रमुख जिल्ला अधिकारीले नेतृत्व लिने भएका छन्। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने सञ्चार तथा सूचना, प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘भूकम्प पीडितको अस्थायी आवास बनाउनको लागि सिडिओको नेतृत्वमा सेना, सशस्त्र प्रहरी खटाउने निर्णय भयो,’ उनले भनिन्, ‘जनशक्ति नपुगेमा आवश्यकता अनुसार सिडिओले नै निर्णय गर्ने भएको हो।’

जाजरकोट, रूकुम पश्चिम र बझाङमा पनि भूकम्पले घरहरू भत्किएका छन्।

कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले मानवीय तथा भौतिक क्षति पुगेको छ। भूकम्पबाट प्रभावित क्षेत्रका लागि सरकारले सिडिओको नेतृत्वमा आवास निर्माणको लागि निर्णय गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै