कानुनमन्त्री गुरुङ र भारतीय समकक्षीबीच दिल्लीमा भेटवार्ता
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भारतीय कानुनमन्त्री अर्जुनराम मेघवालसँग सोमवार दिल्लीमा भेटवार्ता गरेका छन् । आइतवार देखि भारत भ्रमणमा रहेका कानुनमन्त्री गुरुङले नयाँ दिल्लीस्थित शास्त्री भवनमा सोमवार दिउसो भारतीय समकक्षी मेघवालसँग भेटवार्ता गरेका हुन् ।
मेघवालले सामाजिक सञ्जाल एक्समार्फत् गुरुङसँग भेटवार्ता गरेको जानकारी दिएका छन् ।
भेटवार्ताका क्रममा दुई मुलुकबीच कानुनी र न्यायिक सहयोगलाई अभिवृद्धि गर्ने तथा द्विपक्षीय सम्बन्धलाई मजबुती प्रदान गर्ने विषयमा कुराकानी भएको मेघवालले जनाएका छन् ।