प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री भेट्दै
प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौं आएका छन्। उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषय टुंग्याउन ध्यानाकर्षण गराउन लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डललाई २ बजे र गृहमन्त्री श्रेष्ठलाई साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको छ ।
‘प्रहरी समायोजनबारे २०७६ सालमै ऐन बनिसकेको छ। तर, अहिलेसम्म समायोजन नभएको अवस्था छ।यही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन सातै प्रदेशका आन्तरिक मामिलामन्त्री काठमाडौं आएका छन ।
उनीहरुmे प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनबारे ज्ञापन पत्र बुझाउने कार्यक्रम आज राखिएको छ । यस अघि मधेश प्रदेशले एक महिने अल्टीमेटन सहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएका थिए ।