बझाङमा चरेश बनाउने उद्योगमा प्रहरीको छापा
अबैध रुपमा गाजाबाट चरेश बनाउने उद्योग संचालन गरेर गाजाको धुलो बनाउने उद्योग संचालन गरेपछि बझाङको खप्तडछान्ना–७ गोर्खालीबाट ९१ केजी लागु औषध सहित तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङको टोलिले लागु औषधका रुपमा प्रयोग हुने गाजा, गाजको धुलो र धुलो बनाउन प्रयोगमा हुने बिभिन्न सामाग्री सहित तिन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घर घनी खप्तडछान्ना–७ गोर्खाली बस्ने बर्ष ६४ का खडक खड्का, गोरखा जिल्ला अधिरकोट गाउँपालिका–२ खरिकोट बस्ने वर्ष ३८ का सन्तोष गुरुङ्ग र पर्सा जिल्ला सुकैती पाटौली गाउँपालिका ९ लक्ष्मिपुर बस्ने वर्ष ५५का रामबहादुर गुरुङ्ग रहेको प्रहरी नायव उपरिक्षक भरतबहादुर शाहले बताउनुभयो ।
घर धनी खडक खड्काको घरबाट गाजाको पातबाट बनेको मसिनो धुलो स्लास्टिकका १० पोका १४ किलो २१० ग्राम, गाजाका दाना सहित गाजा राखेको सेतो कट्टा थान एक सहित २२ केजी २७५ ग्राम, गाजाका दाता सहित गाजा रहेको पहेलो त्रिपाल थान १मा २२ केजी ३५० ग्राम, गाजाका दाता सहित गाजा रहेको सेतो त्रिपाल थान १ मा ३२ केजी ६८० ग्राम गरि जम्मा ९१ किलो ५१५ ग्राम लागु औषध नियन्त्रणमा लिएको समेत उहाँले बताउनुभयो ।
अबैध रुपमा उद्योग संचालन गरिएको र त्यसमा प्रयोग भएका डिजिटल तराजु, सेतो कपडाले बरेका प्लास्टिकका बाटा ५ थान, कैची दुई थान, ब्लेड एक थान, कार्टुन टेप ३ थान ब्रस एक थान, रवर पोका एक थान, गाजाको घुलो छान्न प्रयोग गरिने सेतो कपडा र गाजाको घुलो राख्न प्रयोग गरिने प्लास्टिक एक थान बरामत गरेको छ ।