एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड – Nepalboli

एमाले सचिव योगेश भट्टराई सवार गाडी तोडफोड

   २०८० मंसिर १०, आईतवार  

नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराई सवार गाडी तोडफोड भएको छ। ताप्लेजुङबाट काठमाडौं फर्किने क्रममा सदरमुकाम फुङलिङको बसपार्कनजिकै एक समूहले गाडीमा आक्रमण गरेको थियो।

यसअघि आइतबार नै ताप्लेजुङमा पहिचानवादी समूहका नेता कार्यकर्ताले फुङलिङस्थित भट्टराईको निवास अगाडि प्रदर्शन गरेका थिए ।

दसैं, तिहार, छठ, नेपाल संवतको अवसरमा चियापान कार्यक्रम आयोजना गरी गृहजिल्ला आएका सचिव भट्टराईको निवासअगाडि कालो झण्डासहित प्रदर्शन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै