गणतन्त्रवादी नेताहरु देखि पुर्वराजा सम्मको प्रयोग अस्त्र दुुर्गा प्रसाई
काठमाडौ केन्द्रित आन्दा्लन गरेर पुर्वराजा फर्काउने चेतावनी दिएका दुुर्गा प्रसाई अन्तह असफल देखिएका छन । उनले भनेको निर्णयक काठमाडौ केन्द्रित निष्प्रभावी देखिएका छन । यद्यपी उनको पछिल्लो प्रयोगलाई लिएर नेपालको राजनिती क्षेत्रमा पछिल्लो समयमा चर्चा व्यापक छ । कुनै वेला नेपाली काग्रेसकै सदस्य रहेका प्रसाई पछि माओवादी हुदै एमाले सम्मको केन्द्रिय सदस्य बने ।
पछिल्लो समयमा राप्रपा समेत तथा पुर्वराजा ज्ञानेन्द्र शाहकै प्रत्यक्ष धापमा नागरिक बचाउ अभियानमा जुटेका छन । रोचक के छ भने उनको विभिन्न बैकहरु वाट लिएको कर्जा माफ नभएको र आफनो अवैद्य अस्पतालले मान्यता नपाएको झोक सार्वजनिक रुपमै व्यक्त गरिरहेका छन । र आफनो आन्दोलनमा समेत २० लाख सम्मको कर्जा मिनाहा गराउने नारा बाडीरहेका छन ।
कुनै समय कांग्रेसमा आबद्ध प्रसाईं, २०५७ सालतिर माओवादी बनेका थिए । तर, मेडिकल कलेजको सम्बन्धन पाउनकै लागि उनी पछिल्लो समय एमाले बने र अध्यक्ष केपी ओलीले त उनलाई केन्द्रीय सदस्य नै बनाइदिए। दुई वर्ष कुर्दा पनि नपाएपछि उनी एमालेविरुद्ध नै खनिएका छन्। अनि विरक्तिएर पछिल्लो दिन व्यवस्था विरोधी धारणा राख्दै राजावादीलाई समर्थन गर्न पुगेका छन्।
तात्कालिन अबस्थामा सबै व्यवसाय डुबेपछि विरक्तिएका प्रसाईंले २०५७ सालपछि भूमिगत माओवादी नेतासँग सम्पर्क बढाए। संकटकाल लाग्नुभन्दा अघि नै उनी माओवादीका केही नेताको विश्वासपात्र बन्न सफल भए। तर, संकटकालमा सेनाले पक्राउ गरेर उनलाई यातना दियो। बल्लतल्ल प्रसाईं सेनाबाट सकुशल मुक्त भए। त्यसपछि झन् खरो माओवादी बने।
२०६२/०६३ को जनआन्दोलन सफल भएर शान्ति प्रक्रिया सुरु भएपछि प्रसाईं शक्तिशाली देखिन थाले।
झापा हुँदै काठमाडौंमा पनि जग्गा प्लटिङ थाले। एकाएक प्रसाईंको आर्थिक अवस्था चुलिन थाल्यो। माओवादीका केही नेतासँग दैनिक भेटघाटमा व्यस्त देखिए।
त्यहीबेला उनले भक्तपुरमा आलिसान महल बनाए। उच्च तहका नेता भेट्न त्यही घर प्रयोग गरे। प्रचण्ड–केपी ओलीलाई बोलाएर त्यही घरमा २०७४ फागुन ६ गते मार्सी भात खुवाए। प्रसाईंले आफ्नै नाममा ल्याएर बीएन्डसी अस्पताल बनाए। प्रसाईंले त्यही जग्गा बैङ्कमा राखेर ऋण लिए।
बीएन्डसीले २०६८ माघ २४ गते मेडिकल कलेज स्थापनाका लागि आशयपत्र पायो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २०७३ साउन ९ गते ३०० शय्याको अस्पताल सञ्चालनको स्वीकृति पायो।
२०७१ मंसिर १७ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट ९०० शय्याको मेडिकल कलेज परियोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भयो।
प्रसाईंले नेकपा बनेसँगै प्रचण्डको साथ छोडे र अध्यक्ष केपी ओलीसँग निकट भए। किनकि ओली प्रधानमन्त्री थिए। पैसाको बलमा केन्द्रीय नेतृत्वसम्म पहुँच राखे पनि प्रसाईंलाई राजनीतिक रुपमा स्थापित गर्ने काम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका हुन्।
कांग्रेस हुँदै माओवादी बन्दासम्म प्रसाईं कुनै ठूलो जिम्मेवारीमा थिएनन्। एमाले अध्यक्ष केपी ओलीलाई ‘हजुरबा’ सम्बोधन गर्ने प्रसाईं २०७८ असोजमा ललितपुरमा भएको विधान महाधिवेशनमा एकैपटक प्रतिनिधि बने। जबकि उनीसँग पार्टी सदस्यता नै थिएन।
एमालेको दसौँ राष्ट्रिय महाधिवेशनपछि एमालेले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्यो। सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको केन्द्रीय सदस्य बनेका प्रसाईं एमालेको उद्योग विभागको उपप्रमुख पनि बने।
२०७७ फागुन १६ मा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटनमा ओलीलाई प्रमुख अतिथि बनाए।
‘बीएन्डसी मेडिकल कलेजले चाँडै सम्बन्धन पाउँछ,’ ओलीले त्यहाँ ठोकुवा गरिदिए। २०७७ फागुन १२ मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा राखेको काठमाडौं विश्वविद्यालयको सिनेट बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बीएन्डसीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाउन निर्देशन दिए।
काठमाडौं विश्वविद्यालयको विज्ञ टोलीले बीएन्डसीको अनुगमन गरेको भन्दै बीएन्डसीलाई सम्बन्धन दिन र सिट निर्धारण गर्न आयोगलाई पत्र पठायो। मन्त्री श्रेष्ठले चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई बालुवाटार डाकेर बीएन्डसीलाई सम्बन्धन दिलाउन दबाब दिए।
२०७८ जेठ २८ मा बसेको चिकित्सा शिक्षा आयोग बैठकले सम्बन्धनबारे निर्णय गर्न भने सकेन।
ओलीले पनि प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिलाएनन्। अनि उनी रुष्ट बने। २०७९ फागुन ७ गते प्रसाईंले एमाले परित्याग गरेको घोषणा गरे।
दुुर्भाग्य अहिले प्रसाईको सिधा राजनितक द्धन्द एमालेसंग देखिएको छ । यद्यपी उनले राजनितीक व्यवस्था र प्रणाली सहित राजनितक नेतृत्वहरु प्रति नै प्रश्न उठाएका छन । अहिले उनलाई पुर्वराजा ज्ञानेन्द्र शाह देखि राप्रपाको दहे समर्थन देखिन्छन तर उनको विगतलाई हेर्नेहरु उनको अहिले अभियान पनि विगतकै जतो कति समय जाने हो भन्ने संश्यको दृष्टिकोण हेर्छन ।
यद्यपी राजनितीक मामिलाका जानकारहरु राजनितीक दलहरुका नेताहरुको अपारदर्शी आर्थिक मोहका कारण प्रसाई अहिले अवस्थामा आएको बताउछन । र यस्तो प्रवृतिहरुले अन्नतह नेताहरुलाई नै हानी पुुर्याउने देखिन्छ ।