नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सुुरु – Nepalboli

नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास सुुरु

   २०८० मंसिर ८, शुक्रबार  

भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास शुरु भएको छ । सूर्य किरण नाम दिइएको उक्त अभ्यासमा दुबै सेनाका बटालियनको सहभागिता रहेको बताइएको छ ।

उक्त अभ्यासको यो १७ औं श्रृंखलामा भाग लिन नेपाली टोली अस्ति त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ । संयुक्त अभ्यास सूर्य किरणको अघिल्लो श्रृंखला गत वर्ष पुस १ गतेदेखि १४ गतेसम्म रुपन्देहीको सालझण्डीमा भएको थियो ।

भारतको पिथौरागढमा यस पटक भईरहेको संयुक्त सैन्य अभ्यासमा नेपाली सेनावाट प्रमुख सेनानी सुवास केसी को नेतृत्वमा ३३४ जनाको टोली भारत गएको छ । आज शुुक्रवारवाट प्रारम्भ भएको संयूुक्त सैन्य अभ्यास आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासमा विपद्व्य वस्थापन, प्रति व्रिदोह तथा प्रति आतंकवादलगायत जङ्गल युद्धकला सम्बन्धी व्यवहारिक प्रयोग गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै