प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी ओली विच बालुवाटारमा मंगलवार साझ छलफल भएको छ । विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले तीन दलका शीर्ष नेताहरु छलफल गरेका हुन ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उनीहरुबीच छलफल भएको हो ।