तिहारलाई सुरक्षित बनाउन महानगर प्रहरीले राति ८ बजेदेखि १ बजेसम्म गस्ती गर्ने – Nepalboli

तिहारलाई सुरक्षित बनाउन महानगर प्रहरीले राति ८ बजेदेखि १ बजेसम्म गस्ती गर्ने

   २०८० कार्तिक २५, शनिबार  

काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरुको महान पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो।

शान्ति सुरक्षाका लागि तिहारमा राति १ बजेसम्म नै महानगरपालिकाले गस्ती गर्ने महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए। उनले देउसी भैलोको समयमा १ बजेसम्म ४ क्षेत्रबाट गस्ती हुने जानकारी दिए। शान्तिपूर्वक देउसी भैलीमा महानगर प्रहरीले सहजीकरण गर्ने उनको भनाइ छ।

उनले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवर्द्धन गर्न सहुलियत गर्न ४ ठाउँमा स्टल राख्ने जानकारी दिए। उनका अनुसार ४ ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गरिनेछ।

उनले भृकुटीमण्डप, तीनकुने, बालाजु र हाँडीगाउँमा नेपाली कृषकले उत्पादन गरेका फूलहरुका लागि महानगरले बिक्रीमा सहजीकरण गर्ने उद्देश्यले सुरु गरेको बताए। नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न सबैले पहल र व्यवस्थित रुपमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै