भारतीय पूर्व सैनिकहरुद्वारा भूकम्प प्रभावितका लागि आवश्यक सामाग्री हस्तान्तरण
संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरुले जाजरकोट भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्री हस्तान्तरण गरेका छन् ।
विहिवार उनीहरुले घाइतेहरुको उपचारमा सहयोग पुर्याउने हेतुले करिव १० लाख बराबर आवश्यक औषधी जिल्ला अस्पताल जाजरकोटका मेडिकल प्रमुख प्रतिक्षा भारतीलाई हस्तान्तरण गरेका छन् ।

त्यस्तै, भूकम्प प्रभावितहरूको लागि करिव ५ लाख बराबरको खाद्यान्न प्रमुख जिल्ला अधिकारी मनोहर सुनारलाई प्रदान गरेका हुन् । जसमा २७५ काटुन खाद्यान्न र २९ काटुन औषधी रहेका छन् ।