रास्वपाले मतदातालाई धन्यवाद दिन घरदैलो गर्दै – Nepalboli

रास्वपाले मतदातालाई धन्यवाद दिन घरदैलो गर्दै

   २०८० कार्तिक २४, शुक्रबार  

प्रतिनिधि सभा निर्वाचनको एक वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको हो।

‘गत मंसिर ४ गते जनमत दिई विजयी गराउनुहुने मतदाताहरूको सम्मानमा यही मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको छ,’ रास्वपाले विज्ञप्तिमा भनेको छ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० स्थान जितेको थियो। वैशाख १० गतेको उपनिर्वाचनमा एक सिट जितेर २१ स्थान पुर्‍याएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै