कोशी प्रदेश सभाबाट पारित भयो बजेट अध्यादेश – Nepalboli

कोशी प्रदेश सभाबाट पारित भयो बजेट अध्यादेश

   २०८० कार्तिक २१, मंगलवार  

कोशी प्रदेश सभाको सोमबारको बैठकले बजेट अध्यादेश पारित गरेको छ । हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश पारित गरिएको हो।

सोमबारको प्रदेश सभा बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेशु र आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशु निर्णयार्थ पेश हुने कार्यसूची थियो।

अध्यादेश पारित भएसँगै कोशी प्रदेश सरकारलाई प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याउने बाटो खुलेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै