२ हप्ता पछि सर्यो कांग्रेसको महासमिति, अब मंसिर २९ देखि बस्ने
यसअघि मंसिर १३ देखि बस्ने भनिएको नेपाली कांग्रेसको महासमितिको बैठक २ हप्ता पछिलाई सरेको छ । आइतबार बसेको कांग्रेसको कार्यसम्पादनको बैठकले जाजरकोट–रुकुममा गएको भूकम्पका कारण महासमिति बैठक सारेको प्रवक्ता मिन विश्वर्माले बताएका छन्।
‘महासमितिको बैठक मंसिर १३ र १५ गते गर्ने भनिएको विगतको निर्णयलाई अब मंसिरको २९ गतेदेखि पुसको २ गतेसम्म गोदावारीमा गर्ने निर्णय गरिएको छ,’ उनले भने।