संघीय संसद्को चालु अधिवेशन अन्त्य – Nepalboli

संघीय संसद्को चालु अधिवेशन अन्त्य

   २०८० कार्तिक १७, शुक्रबार  

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्। उनले बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन्। ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०-०७-१६ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन सम्वत् २०८० कात्तिक १६ गते बिहीबार राति १२ बजेदेखि अन्त्य गरेको छु’, राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरेलाई पठाएको पत्रमा भनिएको छ।

संघीय संसद्को यो अधिवेशन गत वैशाख २४ गतेबाट सुरु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै