कोशीमा मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिन बोलाइयो प्रदेशसभा – Nepalboli

कोशीमा मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिन बोलाइयो प्रदेशसभा

   २०८० आश्विन २९, सोमबार  

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार कोशी प्रदेशसभा बैठक बोलाइएको छ । २० असोजमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाएको बैठकमा उनले राजीनामा घोषणा गरेका थिए । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक अर्को मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि फेरि बोलाइएको हो ।

सोमबार प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बुधबार विहान ११ बजेका लागि बैठक बोलाएको जानकारी दिएको छ ।सरकारको आग्रहमा प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए ।

नेकपा एमालेको समर्थनमा कांग्रेसभित्र विद्रोह गर्दै डा शेखर कोइराला समूहका नेता केदार कार्की शनिबार प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । आइतबार पदभार ग्रहण गरेका कार्कीले कांग्रेस र एमालेका एक/एक जनालाई मन्त्री बनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै