भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री – भूकम्पपीडितलाई घर बनाइदिने आश्वासन
बझाङको भूकम्प प्रभावित क्षेत्र पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भत्किएका घर बनाउन सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् । बझाङ चैनपुरका भूकम्पपीडितसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भत्किएका घर पुनर्निर्माणका लागि सरकारले सहयोग गर्ने आश्वासन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट बझाङ गएका थिए । उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताएका हुन् ।
बझाङमा असोज १६ गते गएको भूकम्पका कारण थुप्रै घरहरु भत्किएका छन् ।