प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेकी हुन् ।
भेटमा भदौ १३ गतेदेखि सुरु एमसीसी परियोजना कार्यान्वयनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।