मधेशमा फेरि जसपाको नेतृत्व, सरोज यादव मुख्यमन्त्री नियुक्त – Nepalboli

मधेशमा फेरि जसपाको नेतृत्व, सरोज यादव मुख्यमन्त्री नियुक्त

   २०८३ मंसिर ६, शनिबार  

जनकपुरधाम— मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८ को उपधारा (३) अनुसार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा आज बोलाएर यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री बनेका हुन् । उनको नियुक्तिसँगै मधेश प्रदेश सरकारको नेतृत्वमा जसपाको पुनरागमन भएको छ ।

मुख्यमन्त्री यादवले अब संविधानबमोजिम प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गरेपछि सरकारले पूर्णता पाउने तथा आगामी कार्यदिशा स्पष्ट गर्ने प्रक्रिया अघि बढ्नेछ ।

मधेश प्रदेशमा पछिल्लो समय बदलिएको राजनीतिक समीकरणबीच यादवको नियुक्तिलाई नयाँ सरकार गठनको महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै